राजनीति


राप्रपाबीच एकीकरण घोषणा शुक्रबार

राप्रपाबीच एकीकरण घोषणा शुक्रबार

नेपालखबर
फागुन २५, २०७६ आइतबार ४:९,

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा शुक्रबार हुने भएको छ।

लामो छलफल र संवादपछि दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो।

एकीकरणसम्बन्धी आधारपत्रमा पशुपतिशम्शेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार राति हस्ताक्षर गरेका छन्।

घोषणासभा यही फागुन २८ गते आयोजना गर्ने सहमति दुई पार्टीबीच भएको छ। सहमतिअनुसार एकीकृत पार्टीमा राप्रपा (संयुक्त) का दुई जना अध्यक्ष, राणा तथा लोहनी तथा राप्रपाका थापा अध्यक्ष रहनेछन्।

केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाडफाँटलगायत दैनिक कार्यसञ्चालन तीन अध्यक्षको सहमतिमा गरिनेछ।

संविधानमा रहेका असहमतिलाई कायम राख्दै एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र अङ्गीकार गर्ने निर्णय गरेको छ।

त्यसैगरी पार्टीले शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिसमेत अवलम्बन गरिने जनाएको छ।

दुवै दलको विधानलाई सामन्जस्य गरी एकीकृत विधान बनाउने सहमति दुई राप्रपाबीच भएको छ।

एकीकरणसम्बन्धी आधारपत्रका प्रावधान अन्तरिम विधानसँग बाझिएमा आधारपत्रका सम्झौतालाई मान्यता दिइने सहमति छ।

विधान सञ्चालनमा कुनै बाधा पर्न गएमा तीन अध्यक्षको सहमतिमा बाधा अड्काउ फुकाउ गरिनेछ। हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ।

छ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्ने छ। सहमतिअनुसार डेढ वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गरिने छ।

हाल कायम रहेका दुवै दलका निर्वाचन चिह्न छ महिनाका लागि स्थगन गरिएको छ। झण्डाको हकमा हालको राप्रपाको झण्डा प्रयोग गरिनेछ।

पार्टी एकताको आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपा (संयुक्त) बाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना तथा राप्रपाका तर्फबाट दीपक बोहोरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा रहेको कार्यदलसमेत गठन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad