ad ad

राजनीति


एसईई नतिजामा उल्लेख्य सुधार ल्याउन पहल सुरु भइसकेको  छ: प्रधानमन्त्री

एसईई नतिजामा उल्लेख्य सुधार ल्याउन  पहल सुरु भइसकेको  छ: प्रधानमन्त्री

नेपालखबर
असोज २, २०८१ बुधबार १४:८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्‍याउन नीतिगत पहल सुरू भइसकेको बताएका छन्।

राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरू पढाएर एसईईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको जनाए। हाल एसईईमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन्।

‘एसईईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तीर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन। शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन।’ उनले विश्वस्रमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीलाई आग्रह गरे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्च शिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार वितरण गरे। प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधारमा मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .