ad ad

राजनीति


सरकार सबै राजनीतिक पार्टीसँग सहकार्य गर्न चाहन्छ : मन्त्री पाण्डे

सरकार सबै राजनीतिक पार्टीसँग सहकार्य गर्न चाहन्छ : मन्त्री पाण्डे

नेपालखबर
असोज १, २०८१ मंगलबार १६:३९, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरुलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन्। 

नेपाल पर्वतारोहण संघले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरूले मिलेर काम गर्नुपर्ने जिकिर गरे। 

मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरूले पनि यस्तो बेलामा सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन्। 

‘नेपाली कांग्रेस पार्टी र नेकपा (एमाले) एक ठाउँमा उभिनुको पछाडि यो स्वभाविकता र सहजता छैन। किन छैन भने दुई वटा पार्टी मूल प्रतिस्पर्धी पार्टीहरू हुन्। तर हामीले देशको जुन अफ्ठ्यारो देख्यौँ। देशको जुन खालको जटिलता देख्यौँ,’ मन्त्री पाण्डेले भने, ‘देशमा आएका समस्याहरूको उचाई देख्यौँ। समस्याहरूको आकार देख्यौँ। हामी एक ठाउँमा उभिन तयार भयौँ। एक ठाउँमा उभिएर हामी समाधान दिन चाहन्छौं।’

सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताए। 

सबै दलहरूले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाइ थियो। 

‘केवल दुई पार्टीको मनोमानी र सिन्डीकेट कायम गर्ने होइन  यसमा माओवादी जोडन चाहन्छौँ, समाजवादी जोड्न चाहन्छौँ। लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौँ। त्यो दिशामा तत्काल क्षेत्रका व्यक्तिहरूले पनि यतिखेर प्रतिद्धन्दीताको समय होइन,’ उनले भने, ‘यतिखेर एकले अर्कालाई खुट्टा तान्ने समय होइन। यतिखेर सहकार्य गर्ने समय हो। होष्टेमा हैँसे गर्ने समय हो। हामी सबै मिलेर पहिले देश बचाऔं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .