ad ad

राजनीति


ठूला दलहरू रातारात मिल्छन् भने रास्वपाले सिध्याउँछ : रवि लामिछाने

ठूला दलहरू रातारात मिल्छन् भने रास्वपाले सिध्याउँछ : रवि लामिछाने

नेपालखबर
असोज १, २०८१ मंगलबार १२:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा नसकिएको, बरु अरूलाई सिध्याउने चेतावनी दिएका छन्। 

मंगलबार काठमाडौँमा सुरु भएको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले कुनै विशेष परिस्थिति नभई देशका दुई ठूला दल मिल्छन् भने आफूहरूले सिध्याउने चेतावनी दिएका हुन्। 

‘वर्षौंदेखि सदनमा रहेका भन्दा भर्खरै आएका दलका बारेमा चर्चा चल्छ। चौथो पार्टी महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा जान्छ,’ सम्बोधनको क्रममा लामिछानेले भने, ‘सरकारमा गएर काम गर्दै जाने क्रममा दुई राजनीतिक दलहरू न कुनै भूकम्प, न कुनै महामारी, न कुनै आक्रमण, न कुनै किसिमको थ्रेट र आन्दोलन। रातारात मिल्छन् भने सम्झनुहोस्, रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ।’

उनले रास्वपा जन्मिएदेखि अहिलेसम्म कुनै न कुनै अप्ठेरा आइरहेको पनि बताए। 

‘यो पार्टीको जन्मदेखि अहिलेसम्म कुनै न कुनै अप्ठेराले छाडेको छैन। तर ती समस्याहरूमा हाम्रो केही पनि भूमिका छैन। हाम्रो आगमन नै अरुका लागि समस्या भयो त हामी के गरुँ?,’ लामिछानेले भने, ‘यो समस्या त हुन्छ हुन्छ, जबसम्म दुई तिहाइ प्राप्त गरेर रास्वपाले यो देश हाँक्दैन, यो समस्या आइरहन्छन्।’

उनले ०८४ को निर्वाचनका लागि आफूहरूले ०७९ मा निम्तो मात्रै दिएको पनि जिकिर गरे। 

‘कयौँ साथीहरू हारेकोजस्तो भन्नुहुन्छ। युद्ध नै नलडी हारेको मान्नुहुन्छ तपाईं? ०७९ को चुनाव ०८४ मा चुनाव लड्नका लागि दिएको निम्तो, कार्ड हो। हामीले लड्ने लडाइँ कोही टुहुरो हुनुपर्दैन। कसैको सिउँदो पुछिने छैन। कोही अंगभंग हुने छैनन्। कसैको रगतको थोपो पनि चुहिने छैन। शान्त विद्रोह गर्न चाहन्छौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .