ad ad

राजनीति


आखिर मेटमणिले कालापानी, लिपुलेकबारे के बोलेका रहेछन्? हेर्नुहोस् भिडिओ

आखिर मेटमणिले कालापानी, लिपुलेकबारे के बोलेका रहेछन्? हेर्नुहोस् भिडिओ

मेटमणि चौधरी


नेपालखबर
भदौ २९, २०८१ शनिबार ८:४०, काठमाडौँ

‘कालापानी, लिपुलेकमा भारतको दाबी जायज’ आशयको अभिव्यक्तिका कारण यतिबेला नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरी विवादमा छन्। 

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा कालापानी, लिपुलेक भारतकै हो भनेपछि चौधरीलाई आफ्नै पार्टी (एकीकृत समाजवादी) ले पनि स्पष्टीकरण लिइसकेको छ।

तर पार्टीलाई दिएको स्पष्टीकरणमा उनले आफूले भनेको कुरालाई बंग्याएर गलत अर्थ लगाइएको दाबी गरेका छन्। 

जसले गर्दा खासमा उनले यस विषयमा के बोलेका रहेछन् भन्ने जिज्ञासा आम नागरिकमा बढेको छ।

त्यसो त मेटमणिले बोलेको त्यो भनाइको भिडिओ क्लिप्स सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

जहाँ उनी ऋषि धमलालाई अन्तर्वार्ता दिइरहेका छन्। 

मेटमणि भनिरहेका छन्, ‘चुच्चे नक्सा ल निकाल्यो रे, लिम्पियाधुरा, लिपुलेक र कालपानीमाथि इन्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ, मलाई लाग्छ– दाबी पुग्छ उसको। दाबी पुग्छ, उसले लिन पाउँछ। त्यो भूमिका कसले निर्वाह गर्‍यो?’ 

बीचमै ऋषि धमला बोल्छन्, ‘त्यसो भए तपाईंले घोषणा गर्नुभयो- लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको हो?!’

मेटमणि भन्छन्, ‘भारतको हो नि! त्यो चुच्चे नक्सा, मेरो नक्सा, मेरो देशको नक्सा भन्न मिल्छ? यस्तो फटागिरी काम कसैले गर्न हुँदैन। म अहिले पनि त्यसबेला नेकपा एमालेको भूमिका थियो, गल्ती थियो। कोसी नदी बेच्ने काम भो, गण्डकी बेच्ने काम भो। पछिल्लो दुइटा नदी बेच्ने कुरामा हाम्रो भूमिका थिएन। कम्युनिस्ट पार्टीका मान्छेहरूको भूमिका थिएन। पछिल्लो महाकाली सन्धि सम्झौता गर्दाखेरि त्यही कारणले आज जुन तीन सय स्क्वाएर किलोमिटर भूमि छ, जुन भारतले दाबी गरिरहेको छ, उसको दाबी पुग्छ। तर आज मान्छेलाई भ्रमित, मान्छेलाई एकदम बेकुव बनाउनका लागि चुच्चे नक्सा निकाल्यो।’

    हेर्नुहोस् भिडिओ क्लिप्स-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .