भारतसँगको सीमामा आउजाउ गर्नेलाई कोरोना भाइरसको लक्षण नरहेको भनी फर्म भराउने तयारी गरिएको छ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालयमा मातहतका निकायसँगको छलफलमा सीमा नाकामा निरीक्षण बढाउन निर्देशन दिएका हुन्।
सीमानाकामा कोरोना परीक्षणमा कडाइ गर्न उनले प्रहरीलाई निर्देशन दिएका हुन्। विभिन्न देशबाट आवातजावत गर्नेहरुलाई सीमानामा परीक्षण गर्न सहयोग गर्न पनि प्रहरीलाई भनिएको छ।
कोरोनाका कारण बजारमा कालोबजारी सुरु भएको जानकारी आएको भन्दै जिल्ला प्रशासन र प्रहरीलाई बजार अनुगमन गर्ने समेत शुक्रबारको बैठकमा निर्णय भएको छ।

प्रतिक्रिया