राजनीति


तत्कालीन लोकतान्त्रिक फोरमका ११ जना कांग्रेस केन्द्रीय कार्यसमितिमा मनोनीत (सूची)

तत्कालीन लोकतान्त्रिक फोरमका ११ जना कांग्रेस केन्द्रीय कार्यसमितिमा मनोनीत (सूची)

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ११:४८,

नेपाली कांग्रेसले तत्कालीन लोकतान्त्रिक फोरमका ११ जनालाई पार्टीको केन्द्रीय कार्यसमितिमा मनोनीत गरेको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार रामजनम चौधरीलगायतका ११ जनालाई पार्टी एकीकरणका बेला भएको सहमतिअनुसार सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका हुन्।

दुई पार्टी एकीकरणका बेला कांग्रेस र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबीच ११ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने सहमति भएको थियो। दुई पार्टीबीच २०७४ असोजमा एकीकरण भएको थियो।

कांग्रेसले विज्ञप्ति जारी गर्दै शुक्रबार मनोनयनको जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस पार्टीमा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम नेपाली कांग्रेस पार्टीमा प्रचलित नेपाल कानुनबमोजिम एकीकृत भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय गरेको र उक्त निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका देहाय बमोजिमका सदस्यहरुलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गर्नुभएको छ।’

यी हुन् मनोनीत ११ जना
१. श्री रामजनम चौधरी (कैलाली)
२. मो. नसिर सिद्धिकी (सिराहा)
३. श्री भारतेन्दुकुमार मल्लीक (झापा)
४. श्री हेमराज तातेड (सप्तरी)
५. डा. श्री गोपाल दहित (बर्दिया)
६. श्री मंगलप्रसाद थारु (बर्दिया)
७. श्री योगेन्द्र चौधरी (दाङ्ग)
८. श्री हरिप्रसाद न्यौपाने (मोरङ्ग)
९. श्री सुमित्रा थरुनी (सुनसरी)
१०. श्री कल्पना चौधरी (सुनसरी)
११. श्री पवनकुमार सारडा (मोरङ्ग)

तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad