ad ad

राजनीति


बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी, देउवा पनि पुगे

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी, देउवा पनि पुगे

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०८१ बिहिबार ११:१४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ। 

बिहीबार बिहान करिब साढे १० बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। 

ओली र प्रचण्डबीच भेटवार्ता चलिरहँदा भर्खरै कांग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका स्रोतले जनाएको छ। ओली र प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी चलेपछि देउवा पनि पुगेका हुन्।

अहिले तीन नेताबीच छलफल चरिहेको छ। आज बिहान काठमाडौँको नैकापमा पुगेका प्रचण्ड त्यहाँबाट सिधै ओलीलाई भेट्न बालुवाटारमा पुगेका हुन्।  

अहिले तीनजना नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल चरिहेको स्रोतले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .