ad ad

राजनीति


राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन भदौ ३१ मा हुने

राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन भदौ ३१ मा हुने

नेपालखबर
भदौ २६, २०८१ बुधबार १८:३०, काठमाडौँ

राष्ट्रिय सभाको दुईवटा समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सभापतिहरूको निर्वाचन भदौ ३१ गते गर्नेगरी समय निर्धारण गरेका हुन्।

राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार दिउँसो १ बजे गर्नेगरी निर्वाचन कार्यक्रम प्रकाशन भएको छ।

भदौ ३० गते बिहान १०ः३० देखि १२ः३० सम्म प्रस्ताव दर्ता गर्ने, दिउँसो १ बजे निर्धारित समयमा दर्ता भएका प्रस्तावको सूची प्रकाशन गर्ने र ३१ गते सम्बन्धीत समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।

सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति निर्वाचित गरियोस् भनी सोही समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को सदस्यको समर्थन सहित राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम प्रस्ताव दर्ता गर्न सकिने जनाइएको छ।

विधायन व्यवस्थापन समितिमा एकीकृत समाजवादीकी जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका माया प्रसाद शर्मा सभापति रहेका थिए।

राष्ट्रिय सभा नियमावली अनुसार सभापतिको पदावधी २ वर्षको हुन्छ। यी दुई समितिका सभापतिको पदावधी सकिएकाले निर्वाचन हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .