बागमती प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा गंगादत्त नेपाललाई नियुक्त गरेको छ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले डा नेपाललाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।
सिन्धुपाल्चोकका नेपाल नेपाली कांग्रेस निकट हुन्।
यस्तै, आजकै बैठकले प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा दीपक लामालाई नियुक्त गरिएको छ।
उसु खेलाडी ४६ वर्षका लामा विगत ३१ वर्षदेखि खेल क्षेत्रमा आवद्ध छन्।
लामा पनि कांग्रेस निकट हुन्।
348
Shares

प्रतिक्रिया