ad ad

राजनीति


नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो : मन्त्री पाण्डे

नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो : मन्त्री पाण्डे

नेपालखबर
भदौ २३, २०८१ आइतबार १३:१२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन्।

भाषा आयोगको नवौँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताए। 

नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताउँदै मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको बताए। 

‘नेपाल एयरलाइन्स रिफर्म भयो भने त्यसले नै बुद्ध एयरलाइन्सलाई नियमन गर्छ। टिकट बढी मूल्य लिन सक्दैन। त्यसले नै कतार एयरलाइन्सलाई नियमन गर्छ। उसले पनि टिकटको पैसा बढी लिन सक्दैन। यो दिशामा अब हाम्रो संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा, रिफर्मको दिशामा जानका लागि हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ,’  पर्यटनमन्त्री पाण्डेले भने।

सत्य र निष्ठाबाट विचलित नभइ नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने उनको भनाइ थियो। 

‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्ने छ। नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ। नेपाल एयरलाइन्सले नै रहेछ। नेपाल एयरलाइन्स जबसम्म सशक्त हुँदैन, जबसम्म प्रभावकारी हुँदैन, जबसम्म विश्वसनीय हुँदैन तबसम्म अरु सुधार्न सक्दैन। अहिले एनएसी भन्छौँ। अब मैले त्यसलाई आरएनएसी नै भन्ने विचार गरेको छ। आरएनएसी भनेको पुरानो रोयल होइन की, रिफर्म नेपाल नेपाल एयरलाइन्स हो। रिफर्म गरेपछि मात्रै यो नेपाल एयरलाइन्सले एउटा बाटो लिन्छ,’ उनले भने।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषाको मुल जरो उत्पादन भएको बताए। 

‘भाषाको मुल जरो हो उत्पादन पद्धति। संस्कृति पनि त्यसैमा अडिएको हुन्छ। त्यही संस्कृतिको एउटा भाग भाषा पनि हो। हामी हाम्रो उत्पादन पद्धति यदी समाप्त पार्छौं भने हाम्रो संस्कृति पनि रहँदैन। हाम्रो संस्कृतिको मौलिकता पनि हराउँछ। हाम्रो भाषा पनि हराउँछ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .