ad ad

ग्लोबल


राष्ट्रपति पदमा हारेपछि भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले छाडे देश

राष्ट्रपति पदमा हारेपछि भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले छाडे देश

नेपालखबर
भदौ २३, २०८१ आइतबार १३:३५, काठमाडौँ

भेनेजुएला सरकारले राष्ट्रपति पदका उम्मेदवार विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेको र स्पेनमा राजनीतिक शरण मागेको बताएको छ।

जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि एडमन्डो गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। त्यसयता उनी लुकेर बसेका थिए।

राष्ट्रपति चुनावको नतिजामा सरकार नियन्त्रित राष्ट्रिय निर्वाचन परिषद्ले निकोलस मादुरोलाई विजयी घोषणा गरेको छ।

भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा भनेका छन्- एडमन्डो गोन्जालेजले केही दिनअघि स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएपछि स्पेनी सरकारलाई राजनीतिक शरण दिन आग्रह गरेका थिए। अनि उनले सरकारले आफ्नो सुरक्षित निकासीका लागि राजी भएको र आफू देश छाडेर गएको पनि बताए।

स्पेनका विदेशमन्त्री म्यानुएल अल्बेरेसले एडमन्डो गोन्जालेजले भेनेजुएलाबाट स्पेनी वायुसेनाको विमानमा उडेको बताएका छन्।

भेनेजुएलामा चुनावी नतिजा आएपछि राजनीतिक उथलपुथल भएको छ।

विपक्षी दलहरूले यो चुनावमा एडमन्डो गोन्जालेज विजयी भएको दाबी गरिरहेका छन्।

तर अमेरिका, युरोपेली संघ र केही ल्याटिन अमेरिकी देशले मादुरोलाई राष्ट्रपतिका रूपमा मान्यता दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .