सर्वोच्च अदालतले निजामती सेवा दिवसको अवसरमा वर्ष अवसर पारेर कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशास र योगदानसमेतका आधारमा विभिन्न कर्मचारीहरूलाई सर्वोच्चले पुरस्कृत गर्न लागेको हो।
शुक्रबार (भदौ २२) बिहान ८ बजे सर्वोच्चको प्राङ्गणमा पुरस्कार वितरणको कार्यक्रम आयोजना भएको प्रशासन शाखाले जानकारी गराएको छ।
४ जना करार कर्मचारीसहित २१ जना कर्मचारीलाई कार्यसम्पादन हेरेर पुरस्कार गर्न लागिएको हो।
त्यस्तै, निजामती सेवा दिवसलाई भव्य रुपमा मनाउन हाजिरी जवाफ प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, फुटबल प्रतियोगिता र ट्यालेन्ट सो लगायतमा विजयी कर्मचारीहरूलाई पनि पुरस्कार वितरणको कार्यक्रम राखिएको छ।
यी हुन् पुरस्कृत हुने कर्मचारीको सूचीः
66
Shares
प्रतिक्रिया