ad ad

राजनीति


पलेशालाई प्रचण्डले गरे सम्मान (तस्बिर)

पलेशालाई प्रचण्डले गरे सम्मान (तस्बिर)

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार ११:२५, काठमाडौँ

पाराओलम्पिक खेलकुदमा नेपाललाई पहिलोपटक पदक दिलाउने पलेशा गोवर्धनलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरेका छन्। 

आफ्नो निवास खुमलटारमा शुक्रबार बिहान प्रचण्डले पलेशासहित कोच, व्यवस्थापक र पलेसाका बुवालाई सम्मान गरेका हुन्।

पलेशाले पेरिसमा भएको पाराओलम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा काँस्य पदक जितेकी थिइन्। जुन नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो।

पलेशालाई ६५ लाख पुरस्कार सहित सम्मान गर्ने सरकारले जनाएको छ। 

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख,  रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .