ad ad

कारोबार


तीजको दिन सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो?

तीजको दिन सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो?

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार ११:३५, काठमाडौँ

नेपाली नारीहरुको ठूलो पर्व हरितालिका तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। 

आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको हो। 

अघिल्लो दिन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो। 

भदौ महिना लागेपछि सुनको मूल्यमा एकपछि अर्को कीर्तिमान बनिरहेको छ। ५ गते १ लाख ५३ हजार, १२ गते १ लाख ५३ हजार १ सय, १३ गते १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएयता आज नयाँ उचाइमा पुगेको हो। 

यता चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। चाँदी आज १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। बिहीबार चाँदी १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ५२० अमेरिकी डलर र चाँदी २८.७५ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .