ad ad

राजनीति


रास्वपा सांसदको प्रश्न–सरकारको प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु कहाँको लोकतन्त्र हो?

रास्वपा सांसदको प्रश्न–सरकारको प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु कहाँको लोकतन्त्र हो?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा प्रतिधिसभाको बैठकमा धारणा राख्दै (फाइल तस्बिर)


नेपालखबर
भदौ १८, २०८१ मंगलबार १४:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफ्नो संगठनका केही चुनौतीबारे भनाइ राख्दा जिब्रो थुतिदिने अभिव्यक्ति सरकारको प्रवक्ता रहेका मन्त्रीले नै दिएको भन्दै त्यसप्रति प्रश्न उठाएका छन्। 

‘हामी लोकतान्त्रिक देश हौं भनेर भन्छौं, लोकतन्त्रको आधारभुत सिद्दान्त भनेको अभिव्यक्ति स्वतन्त्रता हो,’ मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘एउटा प्रहरी संगठनको प्रमुखले केही बोल्नुभयो, आफ्नो सांगठनिक केही चुनौती अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता र मन्त्रीले त्यसलाई जिब्रो थुतीदिन्छु भन्छ भने कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र हो यो?’

सांसद झाले आफूहरुलाई सभ्यता सिकाउने मन्त्रीको पार्टीका नेतालाई पहिला आफ्नै मन्त्रीलाई सभ्यता सिकाउन समेत आग्रह गरे। ‘हामीलाई आएर त्यही दलसँग सम्बन्धित पाको अग्रजहरुले सभ्यता सिकाउनुहुन्छ भन्ने अनुरोध छ,’ उनले भने, ‘आफ्नै मन्त्रीपरिषद्का सदस्यलाई पहिले सिकाउनुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .