ad ad

राजनीति


पोर्चुगलको भिसा सेन्टर नेपालमै उपलब्ध गराउन पहल गर्छु : प्रस्तावित राजदूत पौडेल

पोर्चुगलको भिसा सेन्टर नेपालमै उपलब्ध गराउन पहल गर्छु : प्रस्तावित राजदूत पौडेल

प्रस्तावित राजदूत पौडेल


नेपालखबर
भदौ १७, २०८१ सोमबार १८:१०, काठमाडौँ

पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने बताएका छन्।

हाल भारतबाट पोर्चुगलका लागि भिसा लिनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्दै नेपालमा नै त्यसको व्यवस्था गर्नका लागि आफूले राजदूत भएर गए पहल गर्ने उनको प्रतिवद्धता थियो।

सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत पौडेलले नेपालको व्यापार घाटा कम गर्न पनि आफूले सक्दो पहल गर्ने बताए।

राजदूत पदलाई मार्केटिङ म्यानेजरको रुपमा चित्रण गर्दै उनले अन्य देशहरूमा नेपालको उत्पादनको बजार खोजी गर्नु र बिस्तार गर्ने काममा आफू लागिपर्ने बताए।

उनले भने, ‘पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्न पहल गर्नेछौं .। त्यहाँ रहेका नेपालीहरूको डाटा कलेक्सनको काममा पनि लाग्नेछु। दुई देशबीचको द्विपक्षीय संयन्त्रलाई पनि एक्टिभ बनाउनुपर्नेछ। व्यापार घाटा कम गराउने काम पनि गर्नेछु। राजदूत भनेको मार्केटिङ म्यानेजर हो।’

प्रस्तावित राजदूत पौडेलले दुई देशबीचको संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्न पनि आफूले ध्यान दिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .