ad ad

राजनीति


चीनका लागि प्रस्तावित राजदूत ओली– बीआरआईबारे सरकारले गर्ने निर्णय कार्यान्वयनमा लाग्छु

चीनका लागि प्रस्तावित राजदूत ओली– बीआरआईबारे सरकारले गर्ने निर्णय कार्यान्वयनमा लाग्छु

नेपालखबर
भदौ १६, २०८१ आइतबार १४:१९, काठमाडौँ

चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओलीले सरकारले गर्ने निर्णय अनुसार नै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को कार्यान्वयन लाग्ने बताएका छन्।

आइतबार संसदीय सुनुवाइवाइका क्रममा आफ्ना धारणा राख्दै ‘सरकारले जे निर्णय गर्छ, आफू त्यसको कार्यन्वयनमा लाग्ने’प्रतिबद्धता ओलीले जनाए। 

‘अब बीआरआईमा हामी कसरी जाने भनेर नेपाल सरकारको जुन निर्णय हुन्छ। त्यही अनुसार राजदूतले अघि बढ्ने हो। त्यसकारणले गर्दा हामीले ट्रान्स हिमालयन कनेक्टिभिटीको तर्फबाट बीआरआईमा नगएर ट्रान्स हिमालयन कनेक्टिभिटीलाई टेकेर पनि हामो कनेक्टिभिटी बढाउन सक्छौं,’ ओलीले भने, ‘त्यसमा पहल गर्ने। त्यो एउटा भयो। चीनमा २१ प्रतिशत बुद्धिस्टहरू रहेका छन्। अब ती पर्यटकहरुलाई भित्र्याउनका लागि यी अघि मैले भनेका जति पनि कुराहरू छन्। त्यसमा म दत्तचित्त भएर लागेर प्रयत्नशील रहनेछु।’

सन् २०१७ मा नेपालले बीआरआईमा सहभागी हुने सहमति गरेको थियो। तर, अहिलेसम्म बीआरआई कार्यान्वयन परियोजनामा भने हस्ताक्षर हुन सकेको छैन।

बीआरआईबारे सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नै एकमत छैन।

नेपाली कांग्रेस बीआरआई अन्तर्गत अनुदान मात्रै लिनुपर्ने अडानमा छ भने एमालेले अनुदान, ऋण र लगानी स्वीकार गर्नुपर्ने मत राख्दै आएको छ। 

प्रस्तावित राजदूत ओलीले आफू राजदूत भएर गएमा गर्ने कार्ययोजना समेत संसदीय सुनुवाइमा प्रस्तुत गरेका छन्।

समितिबाट अनुमोदन भएपछि उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .