ad ad

राजनीति


रास्वपामा पुनरावेदन निवेदन दिँदै मुकुलले भने– पदमुक्त गर्नु निरंकुशता हो

रास्वपामा पुनरावेदन निवेदन दिँदै मुकुलले भने– पदमुक्त गर्नु निरंकुशता हो

नेपालखबर
भदौ १६, २०८१ आइतबार १४:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध पुनरावेदन निवेदन दिएका छन्। महामन्त्री ढकालले आइतबार पुनरावेदन समितिलाई आइतबार निवेदन दिएका हुन्। 

पुनरावेदन निवेदनमा ढकालले आफूलाई पार्टीका सबै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णय त्रुटिपूर्ण रहेको बताएका छन्। 

साथै, उनले पार्टीको अभिलेखबाट हटाई आफूलाई साविककै पदीय हैसियतमा काम गर्ने वातावरण मिलाइदिन उनले निवेदनमा माग गरेका छन्।

‘म पुनरावेदकले पार्टीको सभापतिबाट भए गरेको गैर कानूनी कार्य र वहाँविरुद्ध राज्यको विभिन्न निकायबाट भैरहेको अनुसन्धान, अदालतमा विचाराधिन दोहोरो पासपोर्ट जस्ता गम्भीर प्रकृतिका तथा आम नागरिक समेतबाट उठेको सहकारी रकम ठगी र दुरुपयोग जस्ता कार्यको विरोध गरेको कारण सभापतिबाट व्यक्तिगत रुपमा मलाई लक्षित गरी पार्टीबाट विभिन्न कारबाहीहरू भइरहेको अवस्था छ भने मलाई पदमुक्त गर्नु समेत यसै विरोधको निरंकुश उपज हो,’ पुनरावेदन निवेदनमा उनले भनेका छन्।

ढकाललाई पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो।

महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो। 

त्यसपछि पनि उनलाई पार्टीले दोहोर्‍याएर स्पष्टीकरणको मौका दिएको थियो।

यद्यपि, ढकालले कारबाहीमा परेपछि झनै पार्टीप्रति प्रश्न गर्न नछाडेपछि अन्ततः साधारण सदस्यबाट पनि निकाल्ने निर्णयमा रास्वपा पुगेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .