राजनीति


प्रचण्डलाई ओलीको प्रश्न– बंगलादेशको घटनाले खुट्टा कमाउन मैले १७ हजार मान्छे मारेको छु र?

प्रचण्डलाई ओलीको प्रश्न– बंगलादेशको घटनाले खुट्टा कमाउन मैले १७ हजार मान्छे मारेको छु र?

नेपालखबर
भदौ १५, २०८१ शनिबार १५:४९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कुनै देशको फोटोकपी नभएको स्पष्ट पारेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश र श्रीलंकाबाट सिक्नका लागि अर्ती उपदेश दिएको प्रसंग झिक्दै ओलीले यस्तो प्रष्टीकरण दिएका हुन्। 

शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन समारोहमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफूले कुनै गल्ती नगरेको कारण कसैबाट पनि नडराउने दाबी गरे। 

‘हिजोतिर हो क्यार प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ। मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने? मैले लुटपाट गरेको छ र, खुट्टा कमाउने? मैले त डराउनुपर्ने केही छैन,’ प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा भने। 

साथै, उनले प्रचण्डलाई जवाफ दिँदै अघि भनेका छन्, ‘श्रीलंका र बंगलादेशबाट सिक भनेर चर्को स्वरमा भन्दै हुनुहुन्छ। म भन्न चाहन्छु– राम्ररी सिक।’

ओलीले नेपालको आफ्नै इतिहास र परम्परा रहेको दाबी गर्दै बंगलादेशमा भएजस्तो नेपालमा केही नहुने दाबी गरे। 

‘बेथिति चलाउन सकिँदैन आजको समयमा चलाउन हुँदैन। बंगलादेशमा केही भयो भनेर नेपालमा केही हुन्छ र? नेपाल कुनै देशको फोटोकपी मेसिन होइन,’ ओलीले अघि भने, ‘यहाँ आफ्नो इतिहास र परम्परा छ। डेमोक्रेसी हामीले लडेर ल्याएका हौँ। संविधानमा हामीले यस्तो लेखेका छौँ भनेर भन्छु, र त्यो हैसियत राख्छु। मैले लेखेको भनेको छैन, हामीले भनेका हौँ।’

आफू ५ हजार फिट माथिबाट हेलिकप्टर दुर्घटना हुँदा पनि बाँचेको सुनाउँदै ओलीले आफूलाई कसैको डरभर समेत नभएको दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad