ad ad

राजनीति


पार्टी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे ओलीले ब्रिफिङ गर्ने

पार्टी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे ओलीले ब्रिफिङ गर्ने

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १२:३६, काठमाडौँ

नेकपा एमालेले सरकारका कामकारबाहीबारे समीक्षा गर्ने भएको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकमा समसामयिक राजनीति, सरकारका कामकारबाही लगायतका विषयमा छलफल हुने बताइएको छ। 

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतका अनुसार, आजको बैठकमा पार्टी कार्ययोजना निर्माणका विषयमा पनि छलफल हुनेछ।

समसामयिक राजनीति, सरकारका कामकारबाही लगायतका विषयमा बैठकमा छलफल हुन्छ,’ उनले भने। 

साथै, गत सोमबार (भदौ १०) दिउँसो गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले गरेको नाराबाजी लगायतका विषयमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्नेछन्।

साथै, पार्टीको वार्षिक कार्ययोजना निर्माणको विषयमा पनि छलफल हुने जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .