राजनीति


योगेशले संसद् बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन

योगेशले संसद् बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन

नेपालखबर
भदौ १२, २०८१ बुधबार १६:२, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्दमाथि छानबिन गर्न सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन्। 

बुधबारको बैठकमा सांसद भट्टराईले माओवादीको सशस्त्र युद्धलाई पटक पटक ‘हिंसा’ भन्दै सम्बोधन गरेपछि माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाएका थिए। 

सोही विषय चर्किएपछि निकैबेर संसद्मा एमाले र माओवादीका सांसदहरूबीच भनाभनको अवस्था सिर्जना भएको थियो। 

उक्त विषयमा सभामुख घिमिरेले छानबिन गर्न संसद् सचिवालयलाई निर्देश गरेका छन्। ‘यहाँ उठेका विषयमा, खासगरी प्रयोग भएको हिंसा भन्ने शब्दमाथि छानबिन गरेर निर्णय लिन म सचिवालयलाई निर्देशन दिन्छु,’ सभामुख घिमिरेले भने।

सांसद भट्टराईले राखेको उक्त भनाइप्रति नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले आपत्ति जनाएका थिए।

प्रतिनिधिसभा नियमावलीको २५ मा रहेर आफ्नो नियमापत्ति रहेको उनले बताए। ‘बोल्दै गर्नुभएको माननीयले गैरसंसदीय र अमर्यादित शब्द बोल्नुभएको छ। त्यसकारण नियमापत्ति गर्छु, माइक पाउँ,’ उनले भनेका थिए। 

एमाले सांसद भट्टराईले पटक पटक हिंसा नै हो भनेपछि विवाद बढेको थियो। 

‘यो हाम्रो परिभाषा हो। उहाँले मान्नैपर्छ भन्ने छैन। उहाँले नमाने पनि हुन्छ। केही फरक पर्दैन,’ योगेशले थप भनेका थिए।

उता, प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरू झनै आक्रामक देखिए। उनीहरूले ‘मान्दैनौँ’ भन्दै आपत्ति जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad