नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ। भोलि (बुधबार) का लागि बोलाइएको बैठक आगामी १६ गतेसम्मका लागि सारिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार, १६ गते दिउँसो २ बजे बैठक बस्नेछ।
गत साउन २३ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा महासमिति बैठकमा पेस भएका प्रतिवेदनहरू पास गर्नुपर्नेछ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका विषयबारे कांग्रेसमा केही मतभिन्नताहरू छन्। चुनावी गठबन्धन, एक्जिट पोलिसी लगायतका विषयमा विवाद भएपछि सभापति देउवाले मंगलबार बिहान उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका थिए।
तर, उनीहरूबीच सहमति नजुटेको नेताहरूले बताएका छन्।
183
Shares
प्रतिक्रिया