उत्तर कोरियाली सरकारको प्रचार विभागकी प्रमुख रहेकी यो–जोङले हालै उत्तरले परिक्षण गरेको क्षेप्यास्त्रको विषयमा अभिव्यक्ति दिएकी थिइन्।
अन्तर्राष्ट्रिय नियम तोड्दै उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षण गरेको भनेर दक्षिण कोरियाले उत्तरको आलोचना गरेको थियो।
यो–जोङले उत्तरले आत्मरक्षा–अभ्यास स्वरुप क्षेप्यास्त्र परिक्षण गरेको र त्यसो गर्नु आफ्नो अधिकारको कुरा भएको बताउँदै दक्षिण कोरियाको मानसिक अवस्था ठिक नभएको बताइन्।
![Believed to be in her early 30s, Kim Yo Jong took a prominent role at Kim Jong Un's series of summits with President Trump [Pyongyang Press Corps Pool via AP]](https://nepalkhabar.com/https://www.aljazeera.com/mritems/imagecache/mbdxxlarge/mritems/Images/2020/3/4/2ee6492dc1c04f4382c0f27352274db7_18.jpg)
उनले दक्षिण कोरिया र अमेरिकाले दोहोर्याउँदै संयुक्त सैन्य अभ्यास गरेको र त्यो गरिनु ठिक र उत्तरले सैन्य अभ्यास गर्दा त्यो कसरी बेठिक भएको भनेर प्रश्न गरेको बताइएको छ।
किम यो–जोङ सन् २०१८ मा दक्षिण कोरियामा आयोजित शितकालिन ओलम्पिकमा उत्तरको दूत बनेर दक्षिण पुगेकी थिइन्।
उत्तर कोरियाले दक्षिणमा आयोजित सोही ओलम्पिकमा सहभागीता जनाएपछि त्यहीँबाट उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकाबीच शान्तिवार्ताको बाटो खुलेको थियो। एजेन्सी

प्रतिक्रिया