ad ad

अटो


इपीएल २०२० को टाइटल प्रायोजकमा टीभीएस

इपीएल २०२० को टाइटल प्रायोजकमा टीभीएस

नेपालखबर
फागुन २१, २०७६ बुधबार १३:५०,

नेपालको लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस वर्षको इपीएल २०२० को लागि टाइटल प्रायोजन गरेको छ। यसरी टाइटल प्रायोजन गरेसँगै अब इपीएल भएको छ टीभीएस इपीएल २०२०।

इपीएल नेपालको फ्रेन्चाइज क्रिकेटहरु मध्ये सर्वाधिक लोकप्रिय प्रतियोगिता बन्न सफल भैसकेको छ। राष्ट्रिय साथै अन्तर्राष्ट्रिय स्तरका समेत लोकप्रिय क्रिकेट खेलाडीहरुको उत्कृष्ट भिडन्त हेर्न पाइने यो प्रतियोगिता यही मार्च १४ देखि २८ सम्म किर्तिपूर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।

नेपालका क्रिकेट प्रेमीहरुले अत्यन्त उत्सकुताका साथ प्रतिक्षा गरिरहेको उक्त इपीएल २०२० को टाइटल प्रायोजन गर्ने सम्बन्धमा नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सको तर्फबाट साहिल अग्रवाल र इपीएलको तर्फबाट आमिर अख्तरले सम्झौता पत्रमा आज एक समारोहबीच हस्ताक्षर गरेका छन्।

सो समारोहमा संक्षिप्त मन्तव्य राख्दै साहिल अग्रवालले भने, ‘हामी इपीएलको एक हिस्सा हुन पाएकोमा गर्व गर्दछौं। नेपालको क्रिकेट खेललाई एक उचाई प्रदान गर्न सफल यो प्रतियोगिताले नेपालका क्रिकेट खेलाडीहरुको मनोबल उकास्नमा भरपूर मद्दत पु¥याउँदै आएको छ। हाम्रो टीभीएसलाई इपीएलसँग आबद्ध गर्न सहमती दिनु भएकोमा हामी आयोजकहरु प्रति आभार व्यक्त गर्दछौं । साथै टिभिएस इपिएल २०२० को यो संस्करणको भव्य सफलताको कामना पनि गर्दछौं।’

सोही समारोहमा आयोजकको तर्फबाट हस्ताक्षर गर्ने आमिर अख्तरले इपीएलको यो संस्करणलाई साथ दिएकोमा जगदम्बा मोटर्सलाई धन्यवाद दिँदै यसरी अन्तर्राष्ट्रिय स्तरको ब्राण्डसँग इपीएल आबद्ध हुनुले प्रतियोगिताको प्रतिष्ठा अझ वृद्धि भएको बताए।

नेपालमा अत्यन्त लोकप्रिय रहँदै आएको टीभीएस ब्राण्डले नेपालको विभिन्न खेलकुद क्षेत्रमा पनि आफ्नो सहभागीता जनाउँदै आएको छ। यसैको एक कडी अब टीभीएस इपीएल २०२० पनि बनेको छ। टीभीएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ।

देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जाल मार्फत् आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्न टीभीएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .