ad ad

राजनीति


सबै एकजुट बन्यौँ भने ०८४ मा ०६४ सालको जस्तै अवस्था बन्छ : प्रचण्ड

सबै एकजुट बन्यौँ भने ०८४ मा ०६४ सालको जस्तै अवस्था बन्छ : प्रचण्ड

नेपालखबर
भदौ ८, २०८१ शनिबार १७:१५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका सबै एक भएर लाग्दा आगामी निर्वाचनमा सफलता प्राप्त गर्न सकिने बताएका छन्। 

शनिबार पार्टीको नुवाकोट सम्पर्क समितिको भेलामा सम्बोधन गर्दै अध्यक्षले माओवादीमा यसबीचमा थोरै कमजोर भएको भएपनि सुशासनको पक्षमा युद्ध गर्नुपर्ने बेला आएको बताए। 

‘६४ को निर्वाचनमा भोट हाल्ने जनताको छोराछोरी, जो त्यतिबेला उमेर पुगेको थिए। अहिले उमेर पुगेर कहाँ छन्? उनीहरूको तथ्याकं संकलन गर्नुपर्यो,’ अध्यक्ष प्रचण्डले भने, ‘उनीहरूलाई सम्पर्क गरेर अपिल गर्नुपर्यो। पालिका पालिकाले लिस्ट बनाउनुपर्यो। कति देशभित्र छन् र बाहिर छन् भनेर सम्पर्क गरेर अपिल गर्नुपर्यो।’

साथै, उनले आफूले सरकार छाड्दैगर्दा कमाण्डरजस्तो बनेर छाडेको दाबी गरेका छन्। 

‘तपाईं हामी सबै एक भएर लाग्यौँ भने, ०८४ हा हामी ०६४ को हैसियत प्राप्त गर्न सक्छौँ। त्यसपछि यी भ्रष्टाचारीहरू, जो अहिले संख्या देखाएर हामीलाई बाहिर पुर्याएका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘यीनीहरूलाई कहिल्यै पनि आउन नदिने वातावरण बनाउन सकिन्छ। त्यो बनाउनै सकिन्छ। एकचोटी हामीले आँट गर्यौँ भने सक्छौँ। मलाई आँट छ। मैले प्रधानमन्त्री छाड्दै गर्दा कमाण्डरजस्तो भएर छाडेको छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .