ad ad

राजनीति


मान्छे चन्द्रमामा पुग्दैमा उसको पहिचान मेटिँदैन : सिके राउत

मान्छे चन्द्रमामा पुग्दैमा उसको पहिचान मेटिँदैन : सिके राउत

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १७:४२, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले मानिसको पहचिानको आवश्यकता कहिल्यै नमेटिने बताएका छन्।

शुक्रवार काठमाडौंमा आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले ग्लोवलाइज हुँदैमा पहिचानको आवश्यकता मेटिने नभइ झनै बढ्दै जाने बताए।

उनले मधेसीहरूलाई नेपाली भन्न हिच्किचाउने तर मधेसीको पनि पहिचान बन्न नदिने कुरा राम्रो नरहेको बताए।

राउतले ग्लोवलाइज भइसके पनि कुनैपनि देशमा यात्रा गर्दा सबैभन्दा पहिला पहिचानकै आवश्यकता पर्ने धारणा राखे।

उनले भने, ‘धेरै मानिसहरू भन्छन्, मान्छे चन्द्रमामा पुगिसक्यो, मंगल ग्रहमा पुगिसक्यो, के मधेसी, मधेसी भनेको। धेरैले भन्छन्। ग्लोवल भिलेज भइसक्यो के मधेसी भनेको होला? भन्छन्। तर तपाईं कुनै अर्को देशमा जानुस्, के सोध्छ? होएर आर यु फ्रम सोध्छ। आइ एम फ्रम मधेस भन्नुस्, चिन्दैन। विश्व ग्लोवलाइज भइसक्दा पनि पहिचानको आवश्यकता त रहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .