ad ad

राजनीति


मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध आजैबाट फुकुवा हुने

मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध आजैबाट फुकुवा हुने

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १२:३६, काठमाडौँ

मन्त्रिपरिषद् बैठक बस्दैछ। बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ। 

बिहीबार बस्ने यो बैठक नियमित हो। आजको बैठकमा विगत १० महिनादेखि बन्द भएको सामाजिक सञ्जाल एप टिकटिकमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव पेस हुँदैछ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट मन्त्री पृथ्वीसुब्बा गुरुङले सो प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको छलफलपछि सञ्चारमन्त्री गुरुङले बिहीबार सो प्रस्ताव मन्त्रिपरिषद्मा लग्न लागेका हुन्। 

त्यसअघि बुधबार नै मन्त्री गुरुङले निर्णय गरेर प्रस्ताव तयार पारिसकेका छन्।

बिहीबार क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्नेछ।

क्याबिनेट निर्णयपछि मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ। 

लगत्तै, बिहीबारबाटै टिकटक चल्ने सञ्चार मन्त्रालय निकट स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

२०८० माघदेखि टिकटकले उच्च तहका अधिकारीलाई नेपाल भ्रमणमा पठाएरै प्रतिबन्ध खुलाउन प्रयास गरेको थियो। तर, प्रचण्ड सरकार रहुञ्जेल प्रतिबन्ध हट्न सकेको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .