राजनीति


शक्तिराष्ट्रले नेपाललाई ‘इपिसेन्टर’ बनाउन खोजे : प्रचण्ड

शक्तिराष्ट्रले नेपाललाई ‘इपिसेन्टर’ बनाउन खोजे : प्रचण्ड

नेपालखबर
भदौ ५, २०८१ बुधबार १८:१६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न शक्तिराष्ट्रले नेपाललाई ‘इपिसेन्टर’ बनाउन खोजेको बताएका छन्। बुधबार पार्टी बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘विभिन्न शक्तिराष्ट्रले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिमा नेपाल इपिसेन्टर बनाउन खोजेको देखिन्छ,’ प्रचण्डले बैठकमा राखेको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘चीन–अमेरिका, भारत–अमेरिका, रुस–अमेरिकाको सन्दर्भमा हामी अलिकति चुनौतीपूर्ण मोडमा छौँ।’

अन्तर्राष्ट्रिय परिस्थिति रुस, चीन र भारतले एउटा बाटो रोज्दा अमेरिका आक्रामक रुपमा लागेको जस्तो देखिएको उनले ब्रिफिङ गरेका छन्। 

साथै, उनले आजकै बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्त्वको बारेमा पनि चर्चा गरेका थिए। 

भारतले आरजुलाई दिएको महत्त्वका कारण नेपालमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा चस्का पसेको प्रचण्डले बैठकमा बताएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad