भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।
उनीहरूबीच बुधबार भेटघाट भएको हो। परराष्ट्रमन्त्री राणा र चौथाइवालेबीच दिदी–भाइको जस्तो सम्बन्ध रहेको छ।
अघिल्लो वर्ष नेपाल आएका उनलाई राणाले रक्षा बन्धनका दिन ‘राखी’ बाँधिदिएकी थिइन्। यसपटक पनि रक्षा बन्धनका बेला राणा भारत पुगेको भए पनि राखी बाँधे, नबाँधेको खुलेको छैन।
भेटबारे जानकारी गराउँदै चौथाइवालेले परराष्ट्रमन्त्री भएकोमा आफूले राणालाई बधाई दिएको, साथै नेपाल–भारत सम्बन्धलाई बलियो बनाउने नयाँ अवसरहरूबारे छलफल गरेको उल्लेख गरेका छन्।
पाँच दिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी थिइन्।
— Dr Vijay Chauthaiwale (@vijai63) August 21, 2024Today, I called on Minister of Foreign Affairs @Arzuranadeuba and congratulated her on her appointment to this imp position. We discussed several new opportunities of strengthening India-Nepal relations. pic.twitter.com/nelDVjujNF
Shares

प्रतिक्रिया