राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको उप निर्वाचनमा भाग लिने निर्णय भएको एक सदस्यले नेपालखबरलाई जानकारी दिए।
‘उपनिर्वाचनमा भाग लिने निर्णय भएको छ,’ ती सदस्यले भने।
उनका अनुसार, बुधबारको बैठकमा केही सदस्यले स्ततन्त्र उम्मेदवारलाई सहयोग गर्नेबारे मत राखेका थिए।
‘धेरै साथिहरूले स्वतन्त्र साथीहरूलाई समर्थन गर्नुपर्छ भनेर मत राखेका छौँ। स्थानीयलाई सपोर्ट गर्ने भन्ने भयो,’ ती सदस्यले भने।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता चुनाव गर्न उपयुक्त हुने सुझाव निर्वाचन आयोगले दिएको छ।
486
Shares

प्रतिक्रिया