इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले उम्मेदवार टुंगो लगाएको छ।
इन्जिनियर सुवास चन्द्र बराल अध्यक्ष, इ.प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव रहनेगरि लोकतान्त्रिक समूहले प्यानल घोषणा गरेको छ।
अध्यक्षका उमेदवार चितवन निवासी बराल २ दशकदेखि उर्जाक्षेत्रमा सक्रिय रहँदै आएका छन्। महासचिव पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन्।
भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ। लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको हो।
इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको थियो।
यी हुन् उम्मेदवार
अध्यक्ष : इ.सुवास चन्द्र बराल
उपाध्यक्ष : इ.प्रकाश केसी
महासचिव : इ.विनोद प्रकाश पण्डित
उपमहासचिव : इ.अनिल मानन्धर
कोषाध्यक्ष : इ.सुमन थापा
सहकोषाध्यक्ष : इ.कृष्णप्रसाद पोखरेल
सदस्यहरु :
इ.यम कृष्ण पौडेल
इ.प्रभुराम पोखरेल
इ.एमेन्द्र गुरुङ्ग
इ.अनिल पौडेल
इ.संजय कुमार साह
इ.नेत्र प्रसाद देवकोटा
इ.भैरव धिताल
इ.सुजन श्रेष्ठ
इ.लोकेन्द्र अधिकारी
इ.विक्रम कुमार दास
इ.प्रियंका गुप्ता
इ.जय किसुन राय
Shares
प्रतिक्रिया