ad ad

राजनीति


प्रधानमन्त्रीले डाक्टरलाई भने : एक हप्तामा क्याबिनेट बोलाउँछु

प्रधानमन्त्रीले डाक्टरलाई भने : एक हप्तामा क्याबिनेट बोलाउँछु

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १०:३७,

प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार डायलासिस गरिएको छ।

दोस्रो पटकको मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री ओलीको छाती, मुटु, पेटलगायतको चेक जाँच गर्दा सबैकुरा राम्रो अवस्थामा रहेको अस्पतालका प्राध्यापक डा अरुण सायमीले बताए।

‘आज डायलासिस पनि गरियो, छाती, मुटुलगायत सबै रिपोर्ट राम्रो आयो, भोलि बिहान ठीक ९ बजे प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सुरु हुन्छ, सायमीले भने, ‘मुख्यगरी नेपाली टिमले नै उहाँको प्रत्यारोपण गर्नेछ, बाहिरका डाक्टर सपोर्टका लागि आएका हुन्।’

प्रधानमन्त्रीको उपचारलाई लिएर डाक्टरहरु चिन्तित भए पनि प्रधानमन्त्री भने ढुक्कै रहेको डा सायमीले बताए। ‘हामी बरु चिन्तित छौं’, उनले भने, ‘प्रधानमन्त्री ढुक्कै हुनुहुन्छ, एक हप्तापछि क्याविनेट बोलाउँछु भनेर एकदम उच्च मनोबिज्ञानका साथ कुरा राख्नुभयो।’ 

दोस्रो पटकको मिर्गौला पत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्। उनलाई झापाकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गर्न लागेकी हुन्। ६९ वर्षीय प्रधानमन्त्री ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौलाको प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .