ad ad

कारोबार


‘दिउँसै झप् झप्, कोकले अप’

‘दिउँसै झप् झप्, कोकले अप’

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १०:४७,

कोका–कोला नेपालले किशोर/किशोरी र युवाहरुलाई दिउँसोको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको छ। यो नयाँ क्याम्पेनको ट्यागलाइन ‘दिउँसै झप् झप्, कोकले अप’ रहेको छ। यदि दिउँसो निन्द्राले झप् झप् बनायो भने कोकले मुड र इनर्जीलाई बुस्ट गराउँछ।

क्याम्पेनको एक हिस्साको रुपमा कोका–कोला नेपालले अभिनेत्री स्वस्तिमा खड्का र गायक नितेशजंग कुँवरलाई फिचर गरेर नयाँ टीभीसी सार्वजनिक गरेको छ। मध्य दिउँसोको सुस्ताका कारण निन्द्रा लागेको महसुस गरिरहेकी स्वस्तिमाले कोका–कोला अर्डर गर्दै टीभीसी शुरु हुन्छ।

उनी झप् झप् भएर निदाउँदा उनका क्रश (नितेश) आएका हुन्छन् र उनीले नितेशसँग भेट्ने विशेष अवसर छुटाउँछिन्। जब उनले चिसो कोका–कोला पिउँछिन्, त्यसपछि तुरुन्तै उनको इनर्जी कोका–कोलाको रिफ्रेसिङ्ग स्वादबाट अपलिफ्ट हुन्छ। त्यसपछि उनी दौडिँदै ऊँघी रहेका नितेश भएको ठाँउमा जान्छिन् र चिसो कोक नितेशको गालामा लगाइदिन्छन् र नितेश पनि उठ्छन्।

यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘यो नयाँ क्याम्पेनका मार्फत कोका–कोलाले उपभोक्ताहरुलाई कोक खाएर आफ्नो दिउँसलाई अपलिफ्ट गर्न प्रत्सोहान गर्दछ। हामी उपभोक्तालाई उनीहरुको पुरा दिन उत्तम रहोस् र दिउँसको सुस्ताका कारण कुनै क्षणहरु नगुमाउन भन्ने चाहन्छौं।’

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेल भने, ‘दिनभर हाम्रो दैनिक तालिका सुस्त भइरहेको हुन्छ र इनर्जीको स्तर कायम गर्नु नै आफैमा एउटा कार्य हुन सक्छ। यो नयाँ क्याम्पेन भनेको कोका–कोला खाएर दिउँसाेको झप् झप्लाई भगाएर रिफ्रेस हुँदै आफ्नो क्रियाकलाप जारी राख्नु हो। यसले मेरो लागि काम गर्दछ र हाम्रा उपभोक्ताहरुलाई पनि यो प्रयास गर्न आग्रह गर्दछु।’

कोका–कोला कम्पनी नेपालले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सप्राइजहरु तयार पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .