ad ad

राजनीति


खेलकुद सचिवले अपमान गरेको सांसद कुसारीको गुनासो

खेलकुद सचिवले अपमान गरेको सांसद कुसारीको गुनासो

नेपालखबर
साउन २९, २०८१ मंगलबार १४:४४, काठमाडौँ

प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूलाई अपमानजनक व्यवहार गरेको गुनासो गरेकी छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आयोजकबाटै आफूहरू अपमानित हुनुपरेको भन्दै आगामी दिनमा कार्यक्रम गर्दा त्यस्तो नगर्न ध्यानाकर्षणसमेत गराएकी छन्।

उनले भनिन्, ‘हिजो अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हामी ४० वर्षमुनिका युवालाई याक एन्ड यती होटलको कार्यक्रममा बोलाइयो। हामी गयौँ। त्यहाँ गइसकेपछि खेलकुद मन्त्रालय र युवा परिषद्को संयुक्त आयोजनामा भएको त्यो कार्यक्रममा सचिवज्यूको नियतवश अपमानजनक व्यवहारले हामी दुःखी भएका छौँ। यस्तो व्यवहार अबदेखि कुनै पनि मन्त्रालयबाट नहोस्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .