ad ad

राजनीति


उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

नेपालखबर
साउन २८, २०८१ सोमबार १२:५४, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। 

सोमबार बिहान सहरी विकास मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। 

भेटमा मिस्रीले उपप्रधानमन्त्री सिंहलाई बधाइ र कार्यकाल सफलताको शुभकामना दिए।

भेटमा शहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमती लगायतका नदीको स्वच्छताका विषयमा नेपाल–भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ।

विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल लगायतसँग छुट्टाछुट्टै भेट गरेका छन्। 

उनी भ्रमण सकेर सोमबार फर्कने कार्यतालिका रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .