नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ।
समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न चार बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।
बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने सापकोटाले बताए।
स्थायी समिति बैठकअघि आजै बिहान ११ बजे माओवादी केन्द्रको कार्यालय बैठक पनि बस्ने छ। उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने सापकोटाले जानकारी दिए।
33
Shares
प्रतिक्रिया