ad ad

समाज


प्रेम प्रस्ताव राखे, नमानेपछि गुडिरहेको रेलअगाडि धकेलिदिए

प्रेम प्रस्ताव राखे, नमानेपछि गुडिरहेको रेलअगाडि धकेलिदिए

आरोपित युवक प्रहरीको नियन्त्रणमा


नेपालखबर
साउन २५, २०८१ शुक्रबार ९:३१, काठमाडौँ

भारतस्थित राजस्थानको उदयपुरमा एउटा हृदयविदारक घटना भएको छ। जहाँ एक युवकले एक किशोरीलाई रेलको अगाडि धकेले। जसका कारण उनको मृत्यु भयो। 

भारतीय सञ्चारमाध्यमका अनुसार नाबालिग ती किशोरीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवकले त्यस्तो हर्कत गरेका हुन्। प्रहरीले घटनामा संलग्न युवकलाई पक्राउ गरेको छ। उक्त घटना प्रताप नगर थाना क्षेत्रको देबारीमा रहेको झारोंकी सराईको रेलवे ट्र्याकमा भएको हो। 

प्रताप नगर प्रहरी थाना इलाका अधिकारी भरत योगीले किशोरीलाई रेलको अगाडि धकेलेर हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ।

नाबालिग बालिका कम्प्युटर कक्षा लिन घरबाट निस्किएकी थिइन्। तर घर नफर्किएपछि परिवारका सदस्यले प्रहरी चौकीमा उजुरी दिएका थिए।

धेरै अनुसन्धानपछि प्रहरीले झरोंकी सराई देवरी रेलवे ट्र्याकमा किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ। परिवारका सदस्यले छोरीको शव पहिचान गरेका थिए।

केटीलाई रेलवे ट्र्याकमा बोलाएर प्रेम प्रस्ताव 
प्रहरीका अनुसार कुन्दिवडा देबारी निवासी शुरवीर सिंह नाम गरेको ती युवकले ती किशोरीलाई रेल ट्र्याकमा बोलाए।

अनि प्रेम प्रस्ताव राखे। तर केटीले स्वीकार गरिनन्। यसपछि रिसाएर उनले किशोरीलाई गुडिरहेको रेलको अगाडि धकेले। जसमा परी किशोरीको मृत्यु भयो। 

प्रहरीले कडाइका साथ सोधपुछ गरेपछि युवकले उक्त कुरा बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .