प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।
अस्पताल परिसरमा उनले उनको बुधबार प्रत्यारोपण हुनेछ।
उनलाई भान्जी नाता पर्ने व्यक्तिले मिर्गौला दान दिँदैछिन्।
उनी पनि अस्पताल पुगिसकेकी छन्।
अस्पताल जानुअघि देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफूले मैदान नछाड्ने बताएका छन्।
‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन त्यसैगरी हाम्रा जागृत हुँदै गरेका सपनलाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ’, प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा भनेका छन्।
प्रतिक्रिया