राजनीति


पिट बुट्टजेजले लिए उम्मेदवारी फिर्ता

पिट बुट्टजेजले लिए उम्मेदवारी फिर्ता

नेपालखबर
फागुन १९, २०७६ सोमबार ९:२६,

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक उम्मेदवार बन्ने प्रतिस्पर्धामा रहेका पिट बुट्टजेजले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

इन्डियाना राज्यको साउथ बेन्ड नगरका ३८ वर्षे मेयर बुट्टजेज घोषित रुपमा पहिलो समलिंगी उम्मेदवार हुन्। अफगानिस्तान युद्धमा समेत भाग लिएका उनले पछिल्ला प्राइमरी र ककसमा राम्रो प्रदर्शन गर्न नसकेपछि आफ्नो चुनावी अभियान टुंग्याएका हुन्।

डेमोक्रेटिक पार्टीको उम्मेदवार छनोटको सबैभन्दा महत्वपूर्ण दिन अर्थात ‘सुपर ट्युजडे’ को दुई दिनअघि उनले आफ्नो ठाउँ खाली गरेका हुन्। मंगलबार अमेरिकाका १४ राज्यमा निर्वाचन हुँदैछ।

उनको उम्मेदवारी फिर्ताले प्रतिस्पर्धामा रहेका पूर्वउपराष्ट्रपति जो बाइडेनलाई फाइदा पुग्ने विश्लेषण गरिएको छ।

हालसम्मको डेलिगेट्स संख्यामा बर्नी स्यान्डर्स सबैभन्दा अगाडि छन् भने साउथ क्यारोलिनामा दमदार विजय हात पार्दै बाइडेनले उम्मेदवार बन्ने आशा जीवित राखेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad