बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नाे कार्ड बाहक ग्राहकको आवश्यकता तथा लाभलाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ।
कार्ड बाहक ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र पीओएस तथा इ–कमर्स कारोबार गर्दा रु. ५०० नगद फिर्ता पाइनेछ। जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पीओएस कारोबार गर्दा रु. २५० नगद फिर्ता पाइनेछ।
यस्तै, कम्तीमा २ वटा इ–कमर्स कारोबार गर्दा रु. २५० नगद फिर्ता पाइने बैंकले जानकारी गराएको छ। उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुसार लागू हुनेछ। यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढि हुनुपर्नेछ। उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकलाई बैंकले आग्रह गरेको छ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया