ad ad

राजनीति


कार्यकर्ताले रतनलाई पिट्न थालेपछि प्रचण्डले भने : छाडिदिनुहोस्, नहान्नुहोस्

कार्यकर्ताले रतनलाई पिट्न थालेपछि प्रचण्डले भने : छाडिदिनुहोस्, नहान्नुहोस्

नेपालखबर
फागुन १८, २०७६ आइतबार १२:९,

आइतबार राष्ट्रियसभा गृहमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर एक युवाले जुत्ता प्रहार गरे।

दर्शकदीर्घाबाट जनयुद्धका क्रममा राज्यपक्षबाट बुबा मारिएका जुम्लाका २२ वर्षीय रतन तिरुवाले प्रहार गरेको जुत्ता प्रचण्डभन्दा अलि परै खस्न पुग्यो। प्रचण्डले आफूलाई ताकेर जुत्ता हानेको भन्ने कुरा थाहै पाएनन्।

मञ्चमा रहेका र दर्शकदीर्धाका मान्छेहरु भटाभट ओर्लीएपछि प्रचण्डले बल्ल मञ्चमा जुत्ता प्रहार भएको थाहा पाए।

याे पनियुद्धमा बुबा गुमाएका युवाले हाने प्रचण्डलाई जुत्ता

कार्यकर्ताहरुले जुत्ता प्रहार गर्ने युवामाथि कुटपिट गर्न थालेपछि मञ्चबाट अध्यक्ष प्रचण्डले रतनलाई नपिटन आग्रह गरेको एक प्रत्यक्षदर्शीले बताए।

‘कार्यकर्ताहरुले जुत्ता प्रहार गर्ने युवालाई कुटपिट गर्न थालेपछि अध्यक्षज्यूले नपिट्न र प्रहरीलाई नै छाड्दिन आग्रह गर्नुभएको थियो’, एक प्रत्यक्षदर्शीले नेपालखबरलाई बताए।

प्रहरीले रतनलाई पक्रेर बाहिर लैजाने क्रममा केही कार्यकर्ताले उनीमाथि आक्रमण गरेका थिए।

जुत्ता प्रहार गर्ने तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल उनलाई सिंहदरबार वृत्तमा राखिएको छ।

‘प्रचण्डको भाषण चित्त बुझेन। त्यसैले जुत्ता हानेँ,’ रतनको भनाइ उधृत गर्दै प्रहरी स्रोतले बतायो।

याे पनिप्रचण्डको भाषण चित्त नबुझेकाले जुत्ता हानेँ: रतन तिरुवा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .