प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे र्निाय गर्न आज (सोमबार) संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ।
प्रधानबारे सुनुवाइ सकिएकाले संसदीय समितिले उनको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय आज गर्ने भएको हो।
समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ।
प्रधानलाई गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो।
त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो भने उनीविरुद्धका उजुरीमध्ये एकमा महिलाले आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन्।
21
Shares
प्रतिक्रिया