ad ad

राजनीति


प्रधानमन्त्रीसमक्ष सबै मन्त्रालयद्वारा बिफ्रिङ, मंगलबार निर्देशन दिने

प्रधानमन्त्रीसमक्ष सबै मन्त्रालयद्वारा बिफ्रिङ, मंगलबार निर्देशन दिने

नेपालखबर
साउन १३, २०८१ आइतबार १८:५५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे बिफ्रिङ लिएका छन्।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिएका हुन्। 

जनतामा छाएको निराशा चिर्ने उद्देश्यका साथ काम गर्न सम्माननीय प्रधानमन्त्रीज्युले सबै मन्त्रालयको कामको जानकारी लिने काम गरेको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए।

‘भोलीको दिन जुन नागरिकमा आज निराशा छ। त्यो निराशा कसरी हट्ने? त्यो विषयमा आज सबै मन्त्रालयले आ–आफ्नो बिफ्रिङ गरेको छ। र त्यो बिफ्रिङको आधारमा सम्माननीय प्रधानमन्त्रीज्युले सबैकुरा सुन्नुभएको छ। उहाँको सचिवालयले टिपेको पनि छ,’ उनले भने, ‘रेकर्ड पनि राखेको छ। र, त्यही आधारमा सम्माननीय प्रधानमन्त्रीजीले मंगलबार निर्देशन गर्नुहुन्छ। त्यसै आधारमा मन्त्रालयहरूले आफ्नो काम अगाडि बढाउँछ। अब जुन समस्या थियो मन्त्रालयको, त्यो आ–आफनो मन्त्रालयको समस्या उहाँहरूले राख्नुभयो।’

मन्त्रालयले आ–आफ्नो समस्यासहितको भावी रणनीति सहितको प्रस्तुती गर्ने काम सकिएको र साउन १५ गते मंगलबार (पर्सि) प्रधानमन्त्रीले मन्त्रालयहरुलाई आवश्यक निर्देशन दिने मन्त्री यादवको भनाइ थियो। 

बैठकमा विकासे मन्त्रालयका सचिवहरूले ठेकदारहरुको भुक्तानीको समस्यालाई जोड दिएर उठान गरेका थिएभने केहीले संविधानसँग बाझिएका कानुनहरू तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए।

मन्त्री यादवले सचिवहरुले दिएको बिफ्रिङलाई अध्ययन गरेर प्रधानमन्त्रीले मंगलवार निर्देशन दिने र सोही अनुसार चालु आर्थिक वर्षको काम अघि बढाउने सरकारको योजना रहेको बताए।

‘आगामी रणनीति के हो त मन्त्रालयहरुको? त्यसैकारण सबै मन्त्रीज्यु र सबै सचिवजीहरुलाई बोलाउनु भयो। अहिलेको मन्त्रालयको वर्तमान अवस्था के छ, अवस्था कस्तो छ? र आगामी रणनीति के हो त? मन्त्रालयको। त्यो बुझनका निमित्त सम्माननीय प्रधानमन्त्रीज्यूले आज सबै मन्त्रीजी र सबै सचिवजीलाई बोलाउनु भएको थियो,’ उनले भने, ‘र आज छलफल भयो। र सबै मन्त्रालयको ब्रिफिङ उहाँले सुन्नुभयो। र त्यसको निर्देशन उहाँले मंगलबार दिनुहुन्छ। मन्त्रालयहरूले आफ्ना समस्या, आफ्ना भावी रणनीतिको बारेमा मन्त्रालयले कुरा राख्यो। धेरै विकासे मन्त्रालयहरुको धेरै पैसा अहिले ठेकदारहरुको दिन बाँकी छ। त्यो विषयमा पनि राख्यो। र ऐनहरूको बारेमा पनि कुरा राखियो।’

प्रधानमन्त्री ओलीले बोलाएको सो बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, सबै सुरक्षा अंगका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .