ad ad

राजनीति


उपेन्द्र यादवको आरोप– कम्युनिस्ट पार्टीहरू सत्ताका लागि राजावादीसँग मिले

उपेन्द्र यादवको आरोप– कम्युनिस्ट पार्टीहरू सत्ताका लागि राजावादीसँग मिले

नेपालखबर
साउन १२, २०८१ शनिबार १४:३९, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन्।

सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिष्ट पार्टीका नेताहरूले गरेको उनको जिकिर थियो। 

‘अहिलेको कम्युनिस्ट साथीहरू नरिसाउनु होला। अहिलेका कम्युनिस्ट पार्टीका नेताहरूको हेर्छु म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ। र त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन,’ उनले भने।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिस्टहरू राजावादीसँग पनि सहकार्य गर्ने गरेको उल्लेख गरे। 

कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिष्ट पार्टीहरूमा अवसरवाद मात्रै बाँकी रहेको उनको भनाइ थियो। 

‘कुनैपनि काम बाँकि नछोडने। राजावादीसँग पनि एकता गर्ने, गरेकै हो। के का लागि? सरकारका लागि। त्यो पनि दुई दिनको सरकारका लागि। राजवादी पनि चलेकै छ, कांग्रेस पनि चलेकै छ। अर्को पनि चलेकै छ,’ यादवले अघि भने, ‘जोसँग पनि चलेकै छ। के को लागि भन्दाखेरी त्यहाँ वैचारिक अन्यौलता, आर्दश र चिन्तन हराएपछि केवल अवसरवाद मात्रै बाँकि रहदो रहेछ। र त्यो चाँही सबैमा होइन।’

अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिस्ट पार्टीहरूले भने मुलुकमा दुःख पाउनुपरेको बताए।

‘त्यसले चरम अवस्थामा रहेका छरिएर रहेका नेपालका कम्युनिस्टहरूमा को सही हो, को गलत हो? छुट्टयाउनै गाह्रो छ। तर जो सही बाटोमा हुनुहुन्छ, उहाँहरुले दुःख पाइराख्नु भएको छ। ती सुविधा, अवसरबाट बञ्चित भएर दुःख पाइराख्नुभएको छ। अब त्यो अवस्था देखिएको छ,’ यादवले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .