ad ad

राजनीति


आर्थिक विकासमा फड्को नमारी जनतामा परिवर्तनको अनुभूति हुँदैन: नारायणकाजी

आर्थिक विकासमा फड्को नमारी जनतामा परिवर्तनको अनुभूति हुँदैन: नारायणकाजी

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १३:४७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पुर्‍याउन सके मात्र जनताले वास्तविक परिवर्तनको अनुभूत गर्ने बताएका छन्। 

आफुले सरकारमा हुँदा त्यही प्राथमिकतामा काम गरेको र सुशासनका पक्ष तथा भ्रष्टाचारका विरुद्धमा ठूल्ठूला अभियान सुरु गरेको उनले बताए।

शुक्रबार ललितपुरको हात्तीवनस्थित ज्ञाननगर मार्गमा आयोजित ‘भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना सहयोग समिति’का निर्वाचित पदाधिकारीलाई सपथ तथा प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

तीन वर्षमा सम्पन्न भैसक्नुपर्ने भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना १० वर्ष भैसक्दा पनि पूरा नभएको तर अब सहयोग समिति र उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले आवश्यक समन्वय गरेर कामलाई गति दिने विश्वास उनले व्यक्त गरे।

‘म यहीँ बसोबास गरिरहेकोले सहयोग समितिको पनि सहयोगी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने। 

जग्गा एकीकरण आयोजनामा सहभागी भएर पनि कयौंले अझै धनीपुर्जा नपाएको, खोलाको सीमाङ्कनको विवाद अदालत पुगेको, आयोजनामा पर्ने जग्गा अझै व्यक्तिसँगै रहेको जस्ता समस्या आपसी छलफल र मैत्रीपूर्ण सामाजिक समन्वयबाट समाधान गर्न सकिने उनले बताए। 

आयोजना भित्रको विकास, सुविधा र सुरक्षाका सबै पूर्वाधार छिटो सम्पन्न गर्न समेत उनले आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .