असार मसान्तसम्मको कर्जाको ब्याज साउन मसान्तसम्म भुक्तानी भए गत आर्थिक वर्षकै आम्दानीको रुपमा हिसाब मिलाउन सकिने भएको छ।
कतिपय व्यवसायीले असार मसान्तभित्र बैंकको सावाँ तथा ब्याज भुक्तानी गर्न नसकेकाले साउनभित्र बुझाउन सक्ने भएका हुन्।
गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिनेछ।’
471
Shares

प्रतिक्रिया