ad ad

राजनीति


सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक, छानबिन समिति बनाइँदै

सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक, छानबिन समिति बनाइँदै

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८१ बुधबार १७:४९, काठमाडौँ

सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका थिए। 

त्रिभुवन विमानस्थलमा बिहान भएको सौर्य एयरलाइन्सको दुर्घटनाबारे उद्धार र राहतबारे निर्णय लिन प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

बैठकमा ओलीले दुर्घटनाबारे जानकारी र छानबिन प्रक्रियाबारे पनि ब्रिफिङ गर्नेछन्। 

बैठकले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाउने बताइएको छ। साथै, घाइते तथा मृतकका परिवारलाई राहतको घोषणा पनि गर्ने सरकारको तयारी छ। 

दुर्घटना लगत्तै प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे लगायत विमानस्थल पुगेका थिए। 

विमानस्थलको निरिक्षणपछि प्रधानमन्त्री ओलीले तत्कालै नेपाल नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .