ad ad

राजनीति


प्रधानमन्त्रीले लिए सौर्य एयरलाइन्स दुर्घटनाको ब्रिफिङ

प्रधानमन्त्रीले लिए सौर्य एयरलाइन्स दुर्घटनाको ब्रिफिङ

तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
साउन ९, २०८१ बुधबार १५:१५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे नेपाल नागरिक उड्डययन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिएका छन्।

विमानस्थलस्थित घटनास्थलको अवलोकनपछि ओलीले उद्धार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिएका हुन्। 

सो क्रममा प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताए। 

घटनाबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई प्रधानमन्त्री ओलीले निर्देश गरे।स

‘घटना  कसरी भयो? मानवीय वा प्राविधिक कमजोरी भयो? तुरुन्तै बुझौँ,’ ओलीले भनेका छन्।

निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै उनले घाइते क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ लाभको कामना गरे।

ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्रि पाण्डे, निमित्त मुख्यसचिव लीलादेवी गड्तौला सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .