ad ad

राजनीति


सौर्य एयरलाइन्सको दुर्घटनाबारे बुझ्न घटनास्थल जाँदै प्रधानमन्त्री

सौर्य एयरलाइन्सको दुर्घटनाबारे बुझ्न घटनास्थल जाँदै प्रधानमन्त्री

नेपालखबर
साउन ९, २०८१ बुधबार १३:३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली रमेश लेखक सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थल जान लागेका छन्। 

बुधबार बिहान ११ बजे दुर्घटनामा परेको विमानबारे जानकारी लिन प्रधानमन्त्री ओली घटनास्थल जान लागेको उनको सचिवालयले जनाएको छ।

दुर्घटनाग्रस्त विमानमा १९ जना यात्रु सवार थिए। त्यसमध्ये विमानका पाइलट मनिष शाक्यको उद्धार गरेर अहिले काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार भइरहेको छ। 

अन्य १८ जनाको भने मृत्यु भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी रामदत्त जोशीले जानकारी दिए।

उनका अनुसार, अन्य शवहरू संकलन गरेर त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज लगिँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .